Posts

Showing posts from May, 2020

दिमाग १ - ० म

Image
लेख दिमाग १ - ० म आज जेठ ६ गते, मंगलवार। आउँदो बिहिवार नतिजा आउने सम्भावना ज्यादै धेरै छ रे। भन्नाले अबको हप्ता इन्टरनेटमा नतिजा पक्कै भेटिन्छ। जेठको सुरुवाती हप्ता। गर्मी उकालो चढ्दै छ। उकालो चढ्दा गर्मीलाई पनि गर्मी हुँदो हो, बेला बखत चौतारीमा बिसाउँछ। सुईय सुस्केरा हाल्दै फेरि उक्लिन्छ। बाहिर कोरोनाकाे लकडाउन छ। सन्नाटा बीचै कोलाहल सुरु हुन लागिसकेको छ। दिनभर गुँडमा बसेका मान्छे तितरबितर हुन लागिसकेका छन्। मेरो मुटु भने दिनभर स्थिर नै दौडिरहेको थियो। अब भने अस्थिरता च्याप्प समातेर दौडिँदै छ। Supraventricular Tachycardia हुन्छ कि Atrial Fibrillation हुन्छ कि Sinus Tachycardia मै चित्त बुझाएर बस्ने हो मेरो Cardiovascular System; सम्झँदै आङ सिरिङ्ग बनाएर आउँछ। चितवनको यस्तो गर्मीमा पनि काँडा उम्रिन्छन्। अरूलाई त के घोच्दथे, आफूलाई भने छियाछिया बनाइसके।

नसल्किएको खिल्ली

कथा नसल्किएको खिल्ली  साँझको बेला। म चोकमा निस्किएँ। घरभन्दा अलिक परको चोक। दिनभर व्यापार गरेका पसलका सटर स्यार्र र ट्यार्र गरेर बन्द हुँदै थिए। होटलमा २० रूपैयाँ लिन्छन्। किरानामा ५ रूपैयाँ भएपनि सस्तो पाइन्छ। सुनेकै भरमा किराना दौडिएँ। बत्तीको प्रकाश र प्रकृतिको प्रकाश एउटै चहकमा दौडिरहेका थिए।  "साहुजी एक खिल्ली।"  साहुनी अन्योलमा थिइन् - बत्ती बालौं कि नबालौं! बालिन्। निभाइन्।  "बाल्दिनुहोस् साहुनी, ३-४ मिनेटमा बाल्नु परिहाल्छ।" "पर्‍याछैन, ३-४ मिनेटपछि नै बाले हुन्छ।" साहुजी कड्किए। "त्यही ३-४ रूपैयाँको लोभले ग्राहक भड्केको थाहा छैन।" साहुजीकी छोरी पनि कड्किइन्।  "सूर्य दिऊँ कि शिखर भाइ?"  अन्योलता त सरुवा पो रहेछ। अघिको अन्योलता साहुनीले मलाई पो सारिदिइन्।  "सूर्य दिनु न।" उनको अन्योलता मेट्न खोज्दा साहुजी कड्किए पनि मेरो अन्योलता भने उनैले मेटिदिइन्।  "लाइट दिऊँ कि रेड?" अर्को प्रश्न तेर्साए साहुजीले। प्रश्न हो कि अवसर। अवसर हो कि अन्योलता। अकमक्क परें।  "१५ वाला दिनुस् न!"