Posts

Showing posts from April, 2018

भाग्य

Image
लेख भाग्य अचम्मको छ यो निधार पनि। लेखिदिने झनै अचम्मका।कहिलेकाहीँ सोच्छु, कुन चैं मसी प्रयोग भएको कुन चैं कलमले लेख्दा हुन् त्यस्तो, कहिल्यै नमेटिने गरी। फेरि अर्को खेप सोच्छु, लेखिदिने मान्छे बाटामा भेट्टिए पनि हुन्थ्यो नि! "माथिबाटै लेखेर आएको हुन्छ", सानोमा खै के कुरामा आमाले भन्नुभएको थियो। माथिका मान्छेलाई तलको म हिँड्ने बाटोमा कसरी पो भेट्टाउँला र! मन खिन्न हुन्छ। स्कुलमा विज्ञान विषयमा पढेको गुरुत्वाकर्षणले बरु त्यो कलमलाई मात्र भएपनि तल तानिदिए कत्ति खुशी हुन्थें होला। साँच्चै त्यो कलम भेट्टाएँ भने? जे परे पर्ला, सुरुमा त उनकै नाम लेखिन्थ्यो। ठूलो अक्षरले। कहिल्यै नमेटिने गरी। आकाङ्क्षा।