Posts

Showing posts from 2019

Coming Soon..!!

कथा ऊ निस्कन खोज्दै छे। किनभने ऊ उभिएको धरातलमा, ऊ ठम्म उभिएकी छैने। उसलाई उभाइएको छ। अनेकन स्वार्थका जन्जिरहरूले। उसलाई उभाइनुका हरेक स्वार्थ ऊ बुझ्न सक्दछे। बुझी बुझी उभिनुमा ऊ आफूलाई साहसी ठान्दी हो। ए, होइन! उसका पनि आफ्नै स्वार्थ होलान्। जसरी फट्याङ्ग्रा खाएको भ्यागुतो सर्पको शिकार हुँदा आफ्नो देह स्वीकार्छ, सुम्पिन्छ; उसैगरी उसले पनि त्यस्तै चक्र बुझेकी हुँदो हो र त मौनताकै भरमा सुम्पेकी हुँदो हो। आफूलाई अनि जिन्दगीलाई। #सम्पादन_नगरिएको_एक_अंश #ComingSoon

सायद उसकाे मन ढुङ्गा भएकाे हुँदाे हाे।

Image
लेख सायद उसकाे मन ढुङ्गा भएकाे हुँदाे हाे। बरु ढुङ्गा भैदिएको भए कति धेरै सहनशील बन्ने थिएँ। नदीभित्र नदीकाे पीँधमा गजक्क परेर बसेका ढुङ्गाका कापमा माछाका बथानले लगाएका काउकुतीले न त हँसाएकाे नै छ। न त नदीकाे बहावले अलिक टाढा पुर्‍याईंदिदा आफन्त, नातेदार, घर-परिवार, प्रेमी-प्रेमिका छुटे भनेर रूवाएकाे नै छ। न त वर्षाैं एकै ठाउँ रहिरहँदा लागेका लेउले नराम्री देखिएकी छु भन्ने दुखेसाे नै छ। जे छ, वाह छ! दाम्मी छ! बबाल छ! नदी भित्रका के कुरा। मेरा पैतालालाई टेका दिइरहेका ढुङ्गा पनि मुसुमुसु हाँसेकै त छन्। आधा कुइन्टेल बाेक्नुपरेकाे आभास देखिदैन। लात्ताे लगाइस् भन्ने गुनासाे भेटिदैन। बगरमा नदीले छाडिदिएकैले हथाैडा खानुपरेकाकाे मुहार कुच्चिँदाे हाे तर खुशी कुच्चिएकाे भने छैन। दमाैली, मादी नदी किनारमा बसिरहँदा आएका यी साेच सायद उसलाई पहिल्यै आएकाे हुँदाे हाे। नआओस् पनि कसरी, सानैदेखि लुगा धुन खाेला धाउने बानी जाे पर्‍या छ। खाँबाे गाडेकी हुँदी हाे त्यही खाेला बगरमा। खाँबाेलाई मियाे बनाएर दिमागकाे तराजुमा जाेखेकी हुँदी हाे; मेराे मन, उसकाे मन। धेरै बेर नियालिसकेपछि, कतै थपेकी हुँ

Will you marry me??

Image
मायावी लेख (प्रस्तावना) Will you marry me?? ...अनि हजारौंको जमातसँग ठोक्किएर जिन्दगी अघि बढिरहेको बेला तिमीसँगको ठोक्काई पनि त उस्तै लाग्नुपर्ने मलाई; तर अहँ लागेन। किनकी, तिमी भिन्न थियौ। हजारौंमा एक थियौ। आँखाभित्र पस्ने हजारौं बिम्बहरूलाई दिमागले ठाउँ नदिएर द्वन्द्वमा होमिरहेका बेला, तिमी पनि त त्यही द्वन्द्वकी एउटी पात्र लाग्नुपर्ने मलाई; तर अहँ लागिनौ। किनकी, तिमी पृथक थियौ। हजारौंमा एक थियौ। अलिअलि बुझ्ने भएदेखि म मेरा हजार सपनाहरूमा सफर गरिरहँदा, भिन्न भिन्न पहिचान बोकेका भिन्न भिन्न मान्छेहरू जस्तै त लाग्नुपर्ने मलाई; तर अहँ लागिनौ। किनकी, तिमी भिन्न थियौ। हजारौंमा एक थियौ। धेरै धेरै माया अनि मुटुभरिको सम्झना, मेरा नयनभित्र पस्ने निस्कने हजारौं आकृतिहरूको भीडमा ठम्म उभिएर दिमागलाई पत्तो नदिई मनमुटुमा बास बस्न सफल मेरी प्यारी प्रियतमा,