सन्तुष्टि अनि स्वीकार्यता

लेख
सन्तुष्टि अनि स्वीकार्यता


यो त मान्छेको प्रकृति नै हो, आफ्नो वर्तमान अवस्थालाई भन्दा पनि आफ्ना वरपरका मनुवाहरूको अवस्था बढी मन पराउनु अनि बढी रुचाउनु। हुन त प्रकृतिले सिकाएकी पनि यस्तै न हो हामीलाई। बगिरहेकी नारायणीलाई उनको किनारैमा गएर सोधेको थिएँ एकपटक। गुनासो मिसिएको बोलीमा भनेकी थिइन् - "बरु रारा, फेवा जस्तै ताल भै'देको भए कत्ति खुशी हुने थिएँ। स्थिरताको गन्तव्य खोज्न अनेकौं घुम्तीहरूमा अस्थिरताको यात्रा गरिरहनु पर्ने त थिएन।" अनि गति नबोकेकी रारालाई उही प्रश्न तेर्साएँ। राराको पनि ओठमा, अहँ कुनै सन्तुष्टिको धर्का भने देखिनँ। भन्दै थिइन् - "बरु नारायणी, कर्णाली जस्तै गतिशील बन्न पाएको भए, संसार कस्तो छ देख्ने त थिएँ। जतिबेलै एकै ठाउँमा गजक्क परेर बसिरहनु पर्ने त थिएन।"

♥️ माया संसार बन्दछ 💑

लेख
♥️ माया संसार बन्दछ 💑


प्रेम त बच्चाबच्चीको खेल हो अनि जालझेल हो। उनीहरू नै खेलुन्। खेलिरहुन्। कहिले बच्चोले जितोस् कहिले बच्चीले। सके दुइटैले जितुन्। 

हामी त ठूलो-ठूली भयौं। बाबाआमाको नजरमा सानै होलाऊँ तर हाम्रो बच्चाबेलाको हामीभन्दा ठूलो भयौं। ठूलो भएसँगै कहाँँ प्रेम प्रेमै रहन्छ र? यो त माया बन्दछ जानी नजानी। अनि माया नै यसरी मौलाउँछ नि बाँकी सम्पूर्ण जीवन एक-अर्काको एकाउन्टमा भरिदिन मन लाग्छ। प्रेम ⇾ माया यसै बन्दैन। यसले त रहरहरू जन्माउँछ। सपनाहरू जन्माउँछ। एउटै रिमोटले समाचार अनि विज्ञापनको बेला कुमकुम र कसौटीमा change गरिहाल्नुपर्ने Obsession जन्माउँछ। सबेरै alarmले होइन Coffee is ready भन्दै निधारको चुम्बनले

नमन!!

लेख 
नमन!! 
(गुरूपूर्णिमा विशेष)

गुँडजस्तै गर्भमा ओथारो बस्नै नपाई गोठमा बाँधिएका गाई अनि गरामा गाडिएका बोटबिरुवा स्याहार्दै गाह्रा ती नौ महिना कटाउँदा गहभरिका आँशु नछचल्काइकन मनभरिका खुशीसँग साटेर गोलाकार पृथ्वीमा यो तेरो गोरेटो भन्दै गुड्काइदिएकी मेरी आमा। नमन। 

गोलो टाउकोबाट गालासम्मै पसिना गुडाएर मेरा गिजामाथि गमक्क परेका दाँत हँसाउन गन्जागोल गोरेटोमा इलमको गाडा धकेलेर गोजीमा भरेका गेडीले गाग्रीभरिका आवश्यकता अनि गगनचुम्बी रहरहरू गुन्द्रीमा टुसुक्क बसेर गज्जबैले पूरा गरिदिने मेरा बाबा। नमन। 

मेरा बाबा


लेख
मेरा बाबा

कहिलेकाहीं त म आफ्नै औंला हेर्छु, कति ठूला भैसकेछन्। बाबाका ठूला औंला समातेर साना गोडाहरू ठूली पृथ्वीमाथि ठम्म उभिएको सम्झन्छु। अनि बिस्तारै ठूला बाटाहरूमा उही साना गोडाहरूले चालेका साना चालहरू देखेर मेरा बाबा दङ्गिदै आमालाई दङ्गाएको सम्झन्छु। मेरी आमा पनि त कम थिइनन्। बिहान-बेलुका भित्र बाहिर गर्दा चिरिएका हत्केलाभित्र मेरो सानो मुठी अटाएर मजत्रै सिसाकलमले गोलो अन्डा र पुलिसको डन्डा भन्दै अक्षर चिनाउँथिन्। म चिनेझैं गरिदिन्थें। आमा पनि दङ्ग पर्दै मेरा बाबालाई दङ्गाउँथिन्। दङ्गिएका मेरा बाबाले मलाई जुरुक्कै उचाल्नुहुन्थ्यो। ल आइजा बुई भन्दै डुलाउन लग्नुहुन्थ्यो। म बुईबाट काँधमा सर्थें। बाबाको काँधमाथि आफ्नो पिठ्युँ राखेर बाबाको कान बटार्दै 'भ्रुम भ्रुम' भन्दा संसार जितेझैं लाग्थ्यो।

खाना खाने बेला बाबासँग ताराबाजी खेल्नुपर्थ्यो मलाई। 'मामा आए घोडा' सुन्ने बित्तिकै बाबालाई घोडा बनाउँथे। आफू राजाजस्तै बाबाको घोडामाथि चढेर आमा छेउ पुर्‍याउँथे। आमाले एक गास मुखमा हाल्दिनुहुन्थ्यो। बाबाले सानो स्वरमा आमाको हात नखा है भन्नुहुन्थ्यो। मैले 'खा है' सुन्थें। टोक्दिहाल्थें। आमाले बाबालाई कराउनुहुन्थ्यो। सुत्ने बेला बाबाको गोडामाथि गएर बस्थें। दुवै हात बाबालाई समाउन लगाउँथे। बाबाले 'ढ्याकुस-कुस' भन्दै मसँगै गोडा उचाल्नुहुन्थ्यो। फेरि 'कुलेबारी' भन्दै झनै माथि पुर्‍याउनुहुन्थ्यो। अब लड्ने पालो। 'ढर्ल्या...ङ्ग' भन्नुहुन्थ्यो। म बेस्सरी समाउँथे। छेउतिर लडाइदिनुहुन्थ्यो, गर्ल्याम्म।

प्रकृति बर्सिन्

कविता
प्रकृति बर्सिन्



दुखीका हातमा हात थमाएर ढाप मार्दै
ठीक हुन्छ भन्ने कोही भेटिनन्, प्रकृति बर्सिन्
सुखीका हर्षमा हाँसी हाँसी आँसु झारिदिने
हेरिन् चारैतिर बेफुर्सदिला, प्रकृति बर्सिन्।।

सफा जङ्गल फोहोर बस्ती लेखेको 'नमुना टोल'
मानव हुन् कि दानव? असह्य भो, प्रकृति बर्सिन्
कलकारखाना गाडी-घोडा कुहिरो धुँवाको
आँखा पोलेछ बेस्सरी, प्रकृति बर्सिन्।।

नहरमा कमिला बगरमा माछा
फत्र्याक फत्र्याक उफ्रेका देखिन्, प्रकृति बर्सिन्
आकाश हेर्दै खडेरीका दिन गन्दै बसेका
खेतका डिलमा किसान भन्दै प्रकृति बर्सिन्।।

यो हो कि, त्यो हो कि लख काट्नै गाह्रो
खै के कुरामा चित्त बुझेन, प्रकृति बर्सिन्।।

सुनिताको सन्तोष


कथा
सुनिताको सन्तोष

(पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।) 

कुँडो ठिक्क पारेको छु। आगो फुक्दै गरेस् है। सुनितालाई उठाउँदै रमा भाउजू पँधेरातिर लागिन्। ५ मिनेट न आमा, निद्राकै तालमा कराई सुनिता। मगर्नी कान्छीको कुखुरोले सबै गाउँलाई उठाइदिन्छ। गतिशील बनाइदिन्छ। पल्लाघरे साईंला काका'काँ आज नि बाच्छी फुकेर दूध सबै सकाएछ। बिचरी काकीलाई कराउँदै थिए काका। उता कुर्देल बा'काँ ट्यामी बज्दै थियो। गाई बाँ गर्दै थिए, भैंसी आईं। बाँसघारीका डाँङ्ग्रे पनि एउटा तालमा कराएजस्तै लाग्थ्यो। बाल्टीमा दुधका सर्का पर्दा एउटा छुट्टै ध्वनिको सिर्जना भएको थियो।

भाग्य

लेख
भाग्य

अचम्मको छ यो निधार पनि। लेखिदिने झनै अचम्मका।कहिलेकाहीँ सोच्छु, कुन चैं मसी प्रयोग भएको कुन चैं कलमले लेख्दा हुन् त्यस्तो, कहिल्यै नमेटिने गरी। फेरि अर्को खेप सोच्छु, लेखिदिने मान्छे बाटामा भेट्टिए पनि हुन्थ्यो नि! "माथिबाटै लेखेर आएको हुन्छ", सानोमा खै के कुरामा आमाले भन्नुभएको थियो। माथिका मान्छेलाई तलको म हिँड्ने बाटोमा कसरी पो भेट्टाउँला र! मन खिन्न हुन्छ। स्कुलमा विज्ञान विषयमा पढेको गुरुत्वाकर्षणले बरु त्यो कलमलाई मात्र भएपनि तल तानिदिए कत्ति खुशी हुन्थें होला।
साँच्चै त्यो कलम भेट्टाएँ भने?
जे परे पर्ला, सुरुमा त उनकै नाम लेखिन्थ्यो। ठूलो अक्षरले। कहिल्यै नमेटिने गरी। आकाङ्क्षा।

धन्य बाग्मती!

कविता 
धन्य बाग्मती! 

बन्द परेली भित्रबाट
दिमागका पर्खालहरू चहार्दा
तिम्रा
ती तमाम
आकृतिहरू
चश्मा
लगाएका/नलगाएका
कपालमा सिउरिएका
तिम्रा
ती वाचाका
दस्तखतहरू
खै,
अङ्कमाल गर्दा
भिजेका/ भिजाइएका
काँध अनि
निधारमा
विस्तारै गरिएका
चुम्बन,

फेब्रुअरी : एक प्रेमकथा

कथा
फेब्रुअरी

"तिमी भै'देको भए मेरो जीवनमा..."
मेरो कुरा टुंगिन नपाउँदै ऊ कराउँछे - "धेरै नसोच के यस्ता कुरा, बिनासित्ती गलाउँछन्।"
भन्छु - "अँ खुबै, देखिछैनौ झन् सशक्त हुँदै छु त म.."
ऊ खिस्स हाँस्छे।
"पछि आउँछु ल.. पसलमा मान्छे आए" अनुमति माग्छे।
"राम्री राम्री मान्छे पसलमा बसेपछी मान्छे नआउने त कुरै भएन नि" थपिदिन्छु मैले पनि।

समय

लेख
समय

सोच्दासोच्दै कहिलेकाहीं यति धेरै सोचिदिन्छु कि, के सोचिराथें भनेर फेरि अर्को खेप सोच्न बाध्य पारिदिन्छ, समय। समय, आफू हरेक निमेष, हरेक पल, हरेक घण्टा, हरेक दिन बिल्कुलै नयाँ पस्किँदै जान्छ। अनि, हामी त्यही नयाँभित्र पुरानिँदै जान्छौं दिन प्रतिदिन। कहिले हजारौं निमेष एक निमेषमै बितेझैं लाग्छ त कहिले एक निमेष बित्न हजारौं निमेषभन्दा बढी लागेझैं बनाइदिन्छ, समय। कोही मनभित्रको मान्छेले '५ मिनेट न आइहालें' भन्दा हामी कम्तिमा १० फेर घडी हेर्छौं। साँच्चै, समयले नै हामीलाई धैर्यता सिकाउँछ। तर, जीवनको गतिले बुर्कुसी मार्न नसकिरहँदा, अहँ समयले कहिल्यै धैर्य गरेन। न त अधैर्यताको पाठ नै सिकायो।

न भोकाएको बेला रोटी दियो, न अघाउने बेला पानी नै सोध्यो। तर पनि भोकाउँदा भोकाउँदै अघाउने बनाइदिंदो रैछ समयले। अनेकौं इच्छा, आकांक्षा अनि सपनाहरू पखेटाले च्यापेर उडान भरिरहँदा, उड्दा उड्दै खसाल्दो रैछ अनि खसाल्दा खसाल्दै उडाइदिंदो रैछ समयले। समय, अहो! कस्तो विचित्रको कहिले हिंड्दा हिंड्दै थेचार्‍दिन्छ, कहिले थेचार्‍दा थेचार्‍दै दौडाइदिन्छ। कहिले योजना बुन्दा बुन्दै उधारिदिन्छ, कहिले भयो अब बुन्दिन भन्दा भन्दै जबरजस्ती बुनिदिन्छ।

अनायसै प्रश्न उब्जिन्छन् मनभित्र, के मज्जा आउँदो हो तँलाई उड्दा उड्दै खसाल्नुमा? हिंड्दा हिंड्दै थेचार्‍नुमा? बुन्दा बुन्दै उधार्नुमा? कसलाई सोधुँ यी प्रश्न? अर्को प्रश्न उभिन्छ। हातको घडी हेर्छु, घडीभित्रका सुई। यसले के जवाफ देला'र। यसलाई त मैले बाँधेको हुँ। घडी सुस्साउँछ-'मैले तँलाई बाँधेको हुँ।'