प्यारीसँग बातचित

मुक्तक
प्यारीसँग बातचित
#प्यारीमा_समर्पित  

: सिल्की कपाल, मृगी आँखा जुधे एउटीसँग,
     कतै टाढा मन र मुटु उडे एउटीसँग,
     ईशारामै बोलाई वर, अचेत भैसकेछु...
     अचम्मकै ज्वरभाटा कुदे एउटीसँग।।

प्यारी: नाम भनन ईशारामा बोलाउँदिन अब,
         तिम्ले जस्तै तिम्लाई सम्झी लोलाउँदिन अब,
         मागे हुन्छ मनमुटुमा फुल फुलेको भए...
         दिउँला सोची, घरीघरी टोलाउँदिन अब।।

: नाम त दिउँला, पछि मेरो थर माग्यौ भने ?

मेरो सपना

कविता 
मेरो सपना

देखें जलाउनेहरू
कोही मरेकालाई जलाएर
अस्तु बगाउँछन्
कोही जिउँदा जलाएर
सार्थकता खोज्दछन्।
म सोच्दछु,
जिउँदै जलाएर सार्थकता
अहो! कस्तो आश्चर्य
सोध्दछु,
जिउँदा जलाउनेहरूलाई
कोही दिमागका भित्तामा सजाएर
आँखाभरी छचल्किएका सपनाहरूले
पश्चातापका भाव बोल्दछन्
कोही औंला तेर्साउँछन्
समय अनि सम्झौतालाई।।

मंसिर

कथा
मंसिर

(पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।) 

मैले आमालाई भनें। आमाले मामालाई भन्नुभएछ। मामाले बा'लाई लिएर केटीको घर पुग्नुभएछ।
पूर्व फर्किएको एक तले घर, कम्पाउण्ड गरिएको, गेट भने थिएन (मैले सानीलाई सोधेको थिएँ एकपटक, गेट किन नराखेको भनेर। उसले भनेकी थिई - "पछि तिमीसँग भाग्नुपर्छ। राती गेट खोल्दा घरका ब्युँझिहाल्छन् नि।" लगत्तै भनेकी थिई - "गेट राख्यो भने काम नपरी कोही छिर्दैनन्। जेलमा बसेजस्तै हुन्छ रे बा'लाई।" आफ्नो घर अगाडिको त्यो गेट सम्झें। चौबिसै घण्टा मेरै कोठामा हुने सन्ते अचेल हप्तादिनमा एक पटक देखापर्छ। त्यै पनि कुनै काम विशेषले। साँच्चै, गेटले त प्रवेश निषेध नै भन्दो रैछ क्यारे।), अगाडि सानै भएपनि बगैंचा, उत्तरी भेगमा तुलसीको मोठ, दक्षिणतर्फ बल्लतल्ल हुर्केको नीमको रुख। "हैन तिमीहरू घर हेर्न गएका कि केटी?" आमाले बीचैमा रोक्नुभयो।

म अवाक् भएँ - "समाज के भएछ??"

कथा
म अवाक् भएँ - "समाज के भएछ??"

उ.. परबाट हुइँकिदै आएको कार हाम्रै अगाडि आएर रोकियो। गाउँमा फाट्टफुट्ट देखिने कारभन्दा अलिक फरक थ्यो त्यो कार। सम्भवत गाउँको लागि, अझै भनम् हाम्रा लागि नयाँ थ्यो त्यो आवरण। कहिलेकाहीँ देखिने सेन्ट्रो जस्तो पनि त थिएन।

कालो चस्मा, सेतो सर्ट, खैरो पाइन्ट, टिलिक्कै टल्केको खैरै जुत्तामा एउटा परिचित लाग्दो अनुहार बाहिर निस्कियो। कताकता देखेदेखे चिनेचिने जस्तो, ठम्याइनसकेको त्यो अनुहार खिस्स हाँस्यो। गालामाथी आँखाका किनारैमा मुजा पर्यो, ५-६ धर्के।

भन्यो - "नमस्ते काका! नमस्ते काकी!"
मेरो छेउमै आएर - "ओहो..! झिल्के भएछ त छोरो।"
टाउको मुसार्दै "जुँगाका रेखी पनि बसेछन्, लक्का जवान भएछ नि। गर्लफ्रेन्ड त होला नि" आँखा सन्कायो।

दशैं

कविता
दशैं
#शुभकामना_शब्दगुच्छा

उमंगका चङ्गाहरु
प्रत्येक नेपालीका छानामाथी
हावाको सिरेटोसँगै
सररर यता उता
हर्षका पुष्पवृष्टि
लौ आँगनमै पो
टुप्लुक्क टुप्लुकिएछ
७४को दशैं

मेरो जन्मकथा, सन्दर्भ: संविधान दिवस

असोज ३, २०७४
सन्दर्भ: संविधान दिवस

मेरो जन्मकथा

२०६३ माघ १ गते जन्मिएकी मेरी आमा, जन्मँदै लङ्गडो जन्मिएकी थिइन् अरे। घिस्रिन सक्ने, दौडिन नसक्ने मेरी आमाको गर्भमा मलाई राख्न ६०१ जना छानिने भएछन्। मिति तय भयो। २०६४ चैत्र २८ गते। म दङ्ग थिएँ। सोच्दै थिएँ मेरी आमाको आमा, मेरी हजुरआमालाई। २०४७ कार्तिक २३ गते पदार्पण गरेकी मेरी हजुरआमा संसारकै उत्कृष्ट अनि ज्यादै राम्री थिइन् अरे। थोरै जनाको बुद्धिले त त्यति राम्री हजुरआमा जन्मिएकी थिइन् भने म त अब ६०१ जनाको बुद्धि अनि सुन्दरताले भरिपूर्ण हुनेछु। छाती फुल्यो ढक्क। गर्वले, गर्भमा नबस्दै।

चढेर त हेर..!!

कविता
चढेर त हेर..!!

तिमी अन्धकार भन्छौ
म संसार उज्यालो देख्दछु
अझै उज्यालो देख्दछु नेपाल
म जस्तै तिमीसँगको  भेटमा
म आत्तिन्छु बेस्सरी
उज्यालो मुहारमा जुर्मुराएको
अँधेरी देख्दछु अनि
मुस्कानमा नच्यातिने ओठ
अँधेरीमा लुकेको रश्मि
त्यो उज्यालोको
आशातीत म बेस्सरी हाँस्दछु
पिठ्युँमा बोकेको झोला
फुत्त भुँइमा खस्दा

मुक्तक

#२ 
हुन्छ किन मान्छे निराश, उत्तर भेट्टाएँ,
लाग्छ भन्थे जीवन बकवास, उत्तर भेट्टाएँ,
'कायर'को खोल ओढाउने हामीलाई धिक्कार्दै ऊ..
जिन्दगीबाटै किन अवकाश, उत्तर भेट्टाएँ।।

मुक्तक

#१
जिन्दगी न हो कति पाइन्छ कति गुमाइन्छ,
ओभानो देखिन्छ अलिकति अनि डुबाइन्छ,
रुँदै आउनु रुवाउँदै, जानु बीचैमा…
मज्जा आउँदो हो, अनायासै घुमाइन्छ।।

ऊ, आफ्नी तर अर्काकी: भाग-३


कथा

ऊ, आफ्नी तर अर्काकी
भाग-३

पिलिक-पिलिक मोबाइलमा बत्ती बल्यो।
नोटिफिकेसनमा थियो - "You missed a call from She."
यत्तिकैमा "She sent you a message."
लेखिएको थियो "m coming.."
सोचें भेट हुने कुरो पो थ्यो क्यारे।

लगाइरहेको टि-सर्ट बाहिर सर्ट हालें। पेन्टको पछाडिको खल्तीमा पर्स राखें। पानीले हात भिजाएर कपाल मिलाउँदै घर अगाडि पुगें। आँखाहरु वरपर भन्दा पनि पर त्यो अर्काकी निश्चित भइसकेकी आउने बाटोतिर लम्किरहेका थिए। खोजिरहेको थियो एउटा सेतो स्कुटी, त्यसमाथि टुसुक्क बसेकी, चस्मा लगाएकी, सम्भवत हरियो हेडबीनले कपाल पछाडि फ्याँकेकी.... यस्तै यस्तै के-के सोच्दासोच्दै च्याप्प समाइहाल्यो उसलाई मेरा आँखाले। आफ्नै रफ्तारमा आइरहेकी , अलि परबाट स्पीड कम गर्दै ब्रेक लगाउँदै ठ्याक्कै मेरै अगाडि रोकिई।

नयाँँ वर्ष-२०७४

कविता
नयाँँ वर्ष-२०७४

नयाँ यो वर्ष मनमा हर्ष सातमा लौ चार
रङ्गी र चङ्गी साथीभाइ सङ्गी खुशीकै संसार। 
बाजा र गाजा ऋतुका राजा स्वागतमा जुटेका
रमाउँछ मन देखेर वन कपास फुटेका ।।१।।

कोइलीको को-हो जिस्किँदै म-हो हिँड्दछु ढल्केर

ऊ, आफ्नी तर अर्काकी: भाग-२

कथा 

ऊ, आफ्नी तर अर्काकी 
भाग-२ 

हतार हतार उसको नं डायल गरें। पुरै घन्टी जाँदासम्म उसले रिसिभ नगरेपछि एउटी केटी बोल्न थाली 'भ्वाइस मेसेज...'। कि-पेडको रातो बटन थिचेर पुन: २ पटक लगातार हरियो बटन थिचें, पुनः पुरै घन्टी अनि त्यसपछि सोही भ्वाइस मेसेजवाली। आफ्नो fb log out गरेर उसको email id र मेरो नाम अंकित उसको password टाइप गरी log in गर्न खोजें। "You have recently deactivated your account. Do you want to reactivate it? Next/Cancel "; यी दुई options ले एकैछिन रोकिन बाध्य गरायो। उसको मनमर्जी र खुशीले गरेको कुरालाई उसकै स्वतन्त्रता हनन गरी activate गर्न मनले मानेन।

विगत ३ वर्षदेखि आफ्नोपन बोकेकी ऊ, अनि करिब ५ वर्षदेखि पहिलो wisher को रुपमा स्थापित म, आज छैटौं वर्षको अन्तिम wisher बन्न खोज्दा पछारिएँ जस्तो लाग्यो। विशाल महासागरबाट जनतन किनार भेट्याउनै लाग्दा पुनः चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षणको फलस्वरूप बीचमै पाएँ सायद आफुलाई।

"जन्मदिनको शुभकामना
सधैं सुखी, खुशी रहनु..." लेखेर sms गरें।

शीर्षक के हो ??

कथा
शीर्षक के हो ??
(पोलर स्टार आ.मा.वि, भरतपुरको २०औं वार्षिकोत्सवमा वाचन गरिएको।) 

सौभाग्य, सौभाग्य शर्मा
वर्ष : १०
कक्षा : ४
बोर्डिङमा सामाजिक शिक्षा (Social Studies) पढाउने म्यामले लैङि्गक असमानता (Gender inequality) पढाउँदै हुनुहुन्थ्यो। "केटा र केटी दुवै समान हुन्। दुवैले बराबर अधिकार पाउँछन्।" म्यामले यसो भन्दै गर्दा सौभाग्यले प्याच्चै भन्यो - "त्यसो भए मेरो दिदीलाई किन स्कुल पठाको त?"

ऊ, आफ्नी तर अर्काकी: भाग-१

कथा

ऊ, आफ्नी तर अर्काकी
भाग-१

"Lets break up" उसको म्यासेज।
      (मेरो मौनता)
"I don't love uh,
 I don't like uh,
 Bt...bt I need uh most
 n that can't be possible..." पुनः उसकै म्यासेज।
"हँ.. के भो पग्ली?" मेरो रिप्लाई।

ऊ: "केहि भा'छैन..."
म: "अनि किन कराईरा' त??"

ऊ: 'm serious' भने के गर्छौ ?
म: "के गर्नु नि अर्कि लाइनमा छे गर्लफ्रेन्ड बनाउँछु.." (हाँसोमा उडाइदिएँ)

ऊ: "hmm...ok then m seriously telling.. 😢"