नोटिफिकेसनमा थियो - "You missed a
call from She."
यत्तिकैमा "She sent you a
message."
लेखिएको थियो "m
coming.."
सोचें भेट हुने कुरो पो थ्यो क्यारे।
लगाइरहेको टि-सर्ट बाहिर सर्ट हालें। पेन्टको पछाडिको खल्तीमा पर्स राखें। पानीले हात भिजाएर कपाल मिलाउँदै घर अगाडि पुगें। आँखाहरु वरपर भन्दा पनि पर त्यो अर्काकी निश्चित भइसकेकी ऊ आउने बाटोतिर लम्किरहेका थिए। खोजिरहेको थियो एउटा सेतो स्कुटी, त्यसमाथि टुसुक्क बसेकी, चस्मा लगाएकी, सम्भवत हरियो हेडबीनले कपाल पछाडि फ्याँकेकी.... यस्तै यस्तै के-के सोच्दासोच्दै च्याप्प समाइहाल्यो उसलाई मेरा आँखाले। आफ्नै रफ्तारमा आइरहेकी ऊ, अलि परबाट स्पीड कम गर्दै ब्रेक लगाउँदै ठ्याक्कै मेरै अगाडि रोकिई।