Posts
Showing posts from 2021
कसरी भ्रम हुन्छ र आमा!
- Get link
- Other Apps
कविता Saved from Pinterest कसरी भ्रम हुन्छ र आमा! मर्ने हजारौं बाटाहरूलाई उछिन्दै सिङ्गो बाटोभरी जन्म उभिन्छ। त्यो जन्मलाई उभ्याउने तिमी हुन्छौ। सत्य जन्म हो। सत्य मृत्यु हो। अझै धेरै सत्य तिमी हौ। खै, कसरी पो भन्न सक्छु- जीवन मिथ्या हो। अझै, तिमीले दिएको जीवन कसरी भ्रम हुन्छ र आमा! भैंसीलाई कुँडो तताउने निहुँमा ठूलो मुढो अगेनालाई निलाएर, त्यो पुषको तुसारो एक भित्ताको अनुहार एक आम्खोरा पानी त्यही अगेनाबाट सारेर दिँदा कति जोर आँखा छल्नुपर्थ्यो होला।