मुक्तक भलाकुसारी
५० मुक्तक
इन्द्रेणीको घुम्टोबाट चिहाएर हेर्दा
हतारिँदै बटारिएको नदीसँग आफ्नै शरीर फेर्दा
सुस्त सुस्त आफूसँग आफैं छुटिए जस्तो
मन्द मन्द मुस्कान छरी आफ्नै चित्र केर्दा
अ:
भो भो नचिहाऊ, जूनै डाह गर्ला,
धर्ती झर्ने नदी, तर्ने चाह गर्ला,
आफू जस्तै छर्लङ्ग अर्को भेटिएपछि..
ऋ:
यमुनाको वारीबाट कुसुम बगाउँला
जमुनाको पारी पुगी नजर फर्काउँला
आकाश धर्ती एउटै ठानी फन्को मारे जस्तै
गंगातटमा हवन गरी जीवन थन्काउँला
अ:
बगेको कुसुम मसम्म आएन भने,
नजर भित्र मेरो चित्र अटाएन भने,
२०मा मरी ८०मा जल्नुको पीडा..
त्यो जलनले शङ्ख ध्वनि पाएन भने।
ऋ:
कड्किएको पवनसँगै भड्किएको सास
अन्धकारको पछ्यौरीमा अड्किएको आस
कदम कदममा भारी हुँदै थाक्दै गएको घडी
बन्नु भन्दा अगाडी कल्पनामै भत्किएको बास
अ:
छिट्टै थाकी कहाँ पुग्ने किन बिसाउँछौ र,
तेल र पानी जबरजस्ती किन मिसाउँछौ र,
एक त्यान्द्रो सपना, एक मुठी सास भए..
जाबो बासलाई जीवनसँग किन रिसाउँछौ र!!
ऋ:
बाच्छोबाट छुटाएको मरेतुल्य माउ
काँडैकाँडाले भरिएको हाँसो बन्चित ठाउँ
कसरी जानू जहान छोडी काकाकुल म सुन्न
कुइरोको बादलले ढाक्ने त्यो गाउँ
अ:
कुनै छुटले कतैको भेट गरायो भने,
भेटसँगै मीठो कफी डेट गरायो भने,
जहान छोडी बाटो मोड कहाँ भनें मैले..
मन नबुझी काँडेतारको गेट गरायाे भने।
भो भो नचिहाऊ, जूनै डाह गर्ला,
धर्ती झर्ने नदी, तर्ने चाह गर्ला,
आफू जस्तै छर्लङ्ग अर्को भेटिएपछि..
ऐना हेर्दै खुशी, हुँदै वाह गर्ला।
ऋ:
यमुनाको वारीबाट कुसुम बगाउँला
जमुनाको पारी पुगी नजर फर्काउँला
आकाश धर्ती एउटै ठानी फन्को मारे जस्तै
गंगातटमा हवन गरी जीवन थन्काउँला
अ:
बगेको कुसुम मसम्म आएन भने,
नजर भित्र मेरो चित्र अटाएन भने,
२०मा मरी ८०मा जल्नुको पीडा..
त्यो जलनले शङ्ख ध्वनि पाएन भने।
ऋ:
कड्किएको पवनसँगै भड्किएको सास
अन्धकारको पछ्यौरीमा अड्किएको आस
कदम कदममा भारी हुँदै थाक्दै गएको घडी
बन्नु भन्दा अगाडी कल्पनामै भत्किएको बास
अ:
छिट्टै थाकी कहाँ पुग्ने किन बिसाउँछौ र,
तेल र पानी जबरजस्ती किन मिसाउँछौ र,
एक त्यान्द्रो सपना, एक मुठी सास भए..
जाबो बासलाई जीवनसँग किन रिसाउँछौ र!!
ऋ:
बाच्छोबाट छुटाएको मरेतुल्य माउ
काँडैकाँडाले भरिएको हाँसो बन्चित ठाउँ
कसरी जानू जहान छोडी काकाकुल म सुन्न
कुइरोको बादलले ढाक्ने त्यो गाउँ
अ:
कुनै छुटले कतैको भेट गरायो भने,
भेटसँगै मीठो कफी डेट गरायो भने,
जहान छोडी बाटो मोड कहाँ भनें मैले..
मन नबुझी काँडेतारको गेट गरायाे भने।
सधैंभरिलाई..!!
लेख
सधैंभरिलाई..!!

सधैंभरिलाई..!!
अलिकता डर, अलिकता त्रास, अलिकता बच्चा दिमागमा पाएको तिम्रो समीपता, तिम्रो साथ, तिमीसँग बिताएका पल दिमागबाट मनमा खिचेर ठूलो फ्रेममा सजाएर राखेकी छु। मन सानो होला फ्रेम ठूलो छ। दिमाग अबुझ होला माया बुझ्झकी छ। विश्व ब्रह्माण्डको लागि तिमी सानो अणु जत्रै होलाऊ; मेरो लागि त्यही अणुभित्र विश्व ब्रह्माण्ड छ।
न सुरु न अन्त (त्य) भैदिए,
जिन्दगी बढो सन्त भैदिए,
प्रार्थना गर्दछु, तिमीसँगको..
समीपता झन् अनन्त भैदिए।
बादल थियो। बादललाई ठोक्किने पहाड थिएन। पहाड थियो। अग्लाइमा मुस्कुराइदिने आकाश थिएन। आकाश थियो। आकाशलाई हेरिदिने धर्ती थिएन। धर्ती थियो। धर्तीलाई बर्सिदिने वर्षा थिएन। वर्षा थियो। ओत लाग्ने छानो थिएन। छानो थियो। छानोभित्र घर थिएन। घर थियो। भर थिएन। अनि त तिमीसँगको ठोक्काइले ऐया भएन। छानोभित्र घर आयो। घरभित्र भर आयो। भरभित्रको मनमा तिमी अटायौ। तिमीभित्र सारा सपना अटायो। सारा संसार अटायो। अनि त्यही संसारभित्र म नाचिरहेकी छु। बाँचिरहेकी छु।
दिमाग १ - ० म
लेख
दिमाग १ - ० म
दिमाग १ - ० म
आज जेठ ६ गते, मंगलवार।
आउँदो बिहिवार नतिजा आउने सम्भावना ज्यादै धेरै छ रे। भन्नाले अबको हप्ता इन्टरनेटमा नतिजा पक्कै भेटिन्छ। जेठको सुरुवाती हप्ता। गर्मी उकालो चढ्दै छ। उकालो चढ्दा गर्मीलाई पनि गर्मी हुँदो हो, बेला बखत चौतारीमा बिसाउँछ। सुईय सुस्केरा हाल्दै फेरि उक्लिन्छ। बाहिर कोरोनाकाे लकडाउन छ। सन्नाटा बीचै कोलाहल सुरु हुन लागिसकेको छ। दिनभर गुँडमा बसेका मान्छे तितरबितर हुन लागिसकेका छन्। मेरो मुटु भने दिनभर स्थिर नै दौडिरहेको थियो। अब भने अस्थिरता च्याप्प समातेर दौडिँदै छ। Supraventricular Tachycardia हुन्छ कि Atrial Fibrillation हुन्छ कि Sinus Tachycardia मै चित्त बुझाएर बस्ने हो मेरो Cardiovascular System; सम्झँदै आङ सिरिङ्ग बनाएर आउँछ। चितवनको यस्तो गर्मीमा पनि काँडा उम्रिन्छन्। अरूलाई त के घोच्दथे, आफूलाई भने छियाछिया बनाइसके।
नसल्किएको खिल्ली
कथा
नसल्किएको खिल्ली
नसल्किएको खिल्ली
साँझको बेला। म चोकमा निस्किएँ। घरभन्दा अलिक परको चोक। दिनभर व्यापार गरेका पसलका सटर स्यार्र र ट्यार्र गरेर बन्द हुँदै थिए। होटलमा २० रूपैयाँ लिन्छन्। किरानामा ५ रूपैयाँ भएपनि सस्तो पाइन्छ। सुनेकै भरमा किराना दौडिएँ। बत्तीको प्रकाश र प्रकृतिको प्रकाश एउटै चहकमा दौडिरहेका थिए।
"साहुजी एक खिल्ली।"
साहुनी अन्योलमा थिइन् - बत्ती बालौं कि नबालौं! बालिन्। निभाइन्।
"बाल्दिनुहोस् साहुनी, ३-४ मिनेटमा बाल्नु परिहाल्छ।"
"पर्याछैन, ३-४ मिनेटपछि नै बाले हुन्छ।" साहुजी कड्किए।
"त्यही ३-४ रूपैयाँको लोभले ग्राहक भड्केको थाहा छैन।" साहुजीकी छोरी पनि कड्किइन्।
"सूर्य दिऊँ कि शिखर भाइ?"
अन्योलता त सरुवा पो रहेछ। अघिको अन्योलता साहुनीले मलाई पो सारिदिइन्।
"सूर्य दिनु न।" उनको अन्योलता मेट्न खोज्दा साहुजी कड्किए पनि मेरो अन्योलता भने उनैले मेटिदिइन्।
"लाइट दिऊँ कि रेड?" अर्को प्रश्न तेर्साए साहुजीले।
प्रश्न हो कि अवसर। अवसर हो कि अन्योलता। अकमक्क परें।
"१५ वाला दिनुस् न!"
बडेमानको प्रश्न?
लेख
बडेमानको प्रश्न?

"धारणात् धर्म ईत्याहु: धर्मो धारयते प्रजा:"
धर्म भनेको धारणा गर्ने कुरो हो। किसानको धर्म के हो? चिकित्सकको धर्म? गुरूको धर्म? सिपाहीको धर्म? बाबाको धर्म? आमाको धर्म? सन्तानको धर्म? धर्तीको धर्म? आकाशको धर्म? प्रकृतिको धर्म? धर्ती, आकाश, प्रकृतिले आफ्नो धर्म निभाएजस्तै सबैले यथास्थानबाट आ-आफ्नो धर्म निर्वाह गरे बल्ल प्रजाको खुशी मिल्दछ। सभ्य समुन्नत समाजको कल्पना गर्न सकिन्छ।
मेरो प्रश्न धर्मलाई भने फिटिक्कै होइन। म धर्मलाई प्रश्न गर्न सक्दिनँ। म कुनै ज्ञाता होइन र दक्षता पनि छैन। बस्, त्यो ढुङ्गामुनि छ कि? ए, छैन रहेछ! त्यो परको ढुङ्गामुनि त पक्कै होला भन्दै पल्टाउन लालायित मनुष्य भने हुँ। खैर, ढुङ्गामुनि उही हिलो माटो र बालुवा मात्रै। न पोलेर ईंट बनाउन मिल्ने न चालेर सुन निकाल्न नै!
ल टूँ पारौं!
कविता
ल टूँ पारौं!
कहिले
सपनाको डर लाग्छ,
कहिले बिपनाको
करै करमा जन्मिएका रहरहरूले
कुन प्रहरमा हो, शहर घचेट्छन्।
खोइ
खोइ को आइपुगेछ,
मेरो अगाडि?
असली रहर हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्छ -
ए, हजूर पो!
ढोग भेटमै गेटबाट गलत्ताइन्छ।
ल टूँ पारौं!
कहिले
सपनाको डर लाग्छ,
कहिले बिपनाको
करै करमा जन्मिएका रहरहरूले
कुन प्रहरमा हो, शहर घचेट्छन्।
खोइ
खोइ को आइपुगेछ,
मेरो अगाडि?
असली रहर हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्छ -
ए, हजूर पो!
ढोग भेटमै गेटबाट गलत्ताइन्छ।
Subscribe to:
Posts (Atom)