Posts

Showing posts from August, 2018

♥️ माया संसार बन्दछ 💑

Image
लेख ♥️ माया संसार बन्दछ 💑 प्रेम त बच्चाबच्चीको खेल हो अनि जालझेल हो। उनीहरू नै खेलुन्। खेलिरहुन्। कहिले बच्चोले जितोस् कहिले बच्चीले। सके दुइटैले जितुन्।  हामी त ठूलो-ठूली भयौं। बाबाआमाको नजरमा सानै होलाऊँ तर हाम्रो बच्चाबेलाको हामीभन्दा ठूलो भयौं। ठूलो भएसँगै कहाँँ प्रेम प्रेमै रहन्छ र? यो त माया बन्दछ जानी नजानी। अनि माया नै यसरी मौलाउँछ नि बाँकी सम्पूर्ण जीवन एक-अर्काको एकाउन्टमा भरिदिन मन लाग्छ। प्रेम ⇾ माया यसै बन्दैन। यसले त रहरहरू जन्माउँछ। सपनाहरू जन्माउँछ। एउटै रिमोटले समाचार अनि विज्ञापनको बेला कुमकुम र कसौटीमा change गरिहाल्नुपर्ने Obsession जन्माउँछ। सबेरै alarmले होइन Coffee is ready भन्दै निधारको चुम्बनले