Posts

Showing posts from December, 2018

सन्तुष्टि अनि स्वीकार्यता

Image
लेख सन्तुष्टि अनि स्वीकार्यता यो त मान्छेको प्रकृति नै हो, आफ्नो वर्तमान अवस्थालाई भन्दा पनि आफ्ना वरपरका मनुवाहरूको अवस्था बढी मन पराउनु अनि बढी रुचाउनु। हुन त प्रकृतिले सिकाएकी पनि यस्तै न हो हामीलाई। बगिरहेकी नारायणीलाई उनको किनारैमा गएर सोधेको थिएँ एकपटक। गुनासो मिसिएको बोलीमा भनेकी थिइन् - "बरु रारा, फेवा जस्तै ताल भै'देको भए कत्ति खुशी हुने थिएँ। स्थिरताको गन्तव्य खोज्न अनेकौं घुम्तीहरूमा अस्थिरताको यात्रा गरिरहनु पर्ने त थिएन।" अनि गति नबोकेकी रारालाई उही प्रश्न तेर्साएँ। राराको पनि ओठमा, अहँ कुनै सन्तुष्टिको धर्का भने देखिनँ। भन्दै थिइन् - "बरु नारायणी, कर्णाली जस्तै गतिशील बन्न पाएको भए, संसार कस्तो छ देख्ने त थिएँ। जतिबेलै एकै ठाउँमा गजक्क परेर बसिरहनु पर्ने त थिएन।"