सुनिताको सन्तोष
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0xNLAaOTEmweUWgqH5amIRYBPvZmI54c1nD8xnQAYJpCjmv2KFA22SyDvYE9WoXqFMPMLGjSO4SXvqq87dhm8hc_57eRGuooap1_4hYYTXehDqaUJJHQ-4lWnKJ-xFRnmAF_SpywjBu5I/s200/3f5dbcd015897daceb0c6fff70299d93.jpg)
कथा सुनिताको सन्तोष (पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।) कुँडो ठिक्क पारेको छु। आगो फुक्दै गरेस् है। सुनितालाई उठाउँदै रमा भाउजू पँधेरातिर लागिन्। ५ मिनेट न आमा, निद्राकै तालमा कराई सुनिता। मगर्नी कान्छीको कुखुरोले सबै गाउँलाई उठाइदिन्छ। गतिशील बनाइदिन्छ। पल्लाघरे साईंला काका'काँ आज नि बाच्छी फुकेर दूध सबै सकाएछ। बिचरी काकीलाई कराउँदै थिए काका। उता कुर्देल बा'काँ ट्यामी बज्दै थियो। गाई बाँ गर्दै थिए, भैंसी आईं। बाँसघारीका डाँङ्ग्रे पनि एउटा तालमा कराएजस्तै लाग्थ्यो। बाल्टीमा दुधका सर्का पर्दा एउटा छुट्टै ध्वनिको सिर्जना भएको थियो।