Posts

Showing posts from July, 2023

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

लेख ऊ कहाँ हुन्छ आफ्नो?  नजिकै हुन्छ या टाढा? जीवन के हो। जीवनको अर्थ के हो। बस् खानु र लाउनु मात्रै जीवन हो या अलिक बढी नै छ त्यो भन्दा? "जैविक विकासक्रम"का कठपुतली हौं भन्ने कटुसत्य थाहा हुँदाहुँदै किन यति बिघ्न दौडिन्छ एउटा मान्छे। खै कुन जीनिस्‌ले दौडाउँछ उसलाई। आफ्नो राम्रो बेचेर अघि दौडिन्छु भन्ने प्रायः कमै भेटिन्छन्। यहाँ त दुकान खोलिन्छ अर्काको नराम्रो बेच्नलाई। अझै थप्दाहुन्, "यहाँ सस्तो सस्तोमा, होलसेल मूल्यमा...." एउटा जीवनको मूल्य हुन्छ र!   यात्रामा निस्कन्छ ऊ। नियतिको यात्रामा। जन्मेर च्याँ गर्ने बित्तिकै उसको घडी दौडिन्छ। ऊ दौडियोस् या घस्रियोस्। आफ्ना कमजोरीमा जोरी खोज्ने प्रशस्तै भेटिन्छन्। यत्ति त बुझ्दो हो त्यो यात्रीले। अनि उही, किन छताछुल्ल पारिदिन्छ आफ्ना कमजोरीहरू? सायद नजिकैको सोच्दो हो। मन नजिकैको। उसको नजिक को हुन्छ? अनि उसको टाढा? अँ साँच्ची, ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा? [बिहानीको एक पलेँटीमा यति लेखियो। उत्तर छ भने दिनुस्। "ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?"]