तछाडमछाड..!!

कविता 
तछाडमछाड..!!

Image source: Google, PixelSquid
यहाँ तछाडमछाड छ,
राम्रो देखिने होडबाजीमा 
राम्रो बन्न होइन। 
असल देखिने होडबाजीमा 
असल बन्न होइन। 

धनीलाई कसरी धनी देखिनु भन्ने छैन। 
हात मुख जोर्न धौ धौ हुनेलाई भने 
तछाडमछाड छ, 
धनी देखिने होडबाजीमा 
धनी बन्न होइन। 
मनको दरिद्री जाे छन्, 
हो उनैलाई तछाडमछाड छ, 
मनकारी देखिने होडबाजीमा 
मनकारी बन्न होइन।

आमा

मुक्तक
आमा

घर अर्कै हुन्थ्यो शहर अर्कै हुन्थ्यो,
म प्युसाको रहर अर्कै हुन्थ्यो,

जिन्दगीले अनेकन चोट दिन्थेन कि...
जस्तो होस्, मेरो प्रहर अर्कै हुन्थ्यो।
#आमा

बुके-फूल

    Image Credit : Chitwan_agri_hub
         

कविता              
बुके-फूल

फोरा उठेका करले 
सिङ्गो घर उचाल्नुपर्ने 
अर्को कर थपिदिन्छ।
रहर नलागी नलागी
टप्प टप्प टिपेर
प्लास्टिकको कपडामा
सजाएर
कसैको दिल सजाउन
व्यापारीले नाम दिएछन् -
बुके-फूल।

ठ्याक्कै बाह्र महिनापछि
तिम्रो आकृतिलाई
मेरा आँखाले भेट्टाउँदा
तिम्रो सुवासलाई
मेरा नाकले पहिल्याउँदा
मेरा हातमा थमाइदिएकी