Posts

Showing posts from March, 2017

ऊ, आफ्नी तर अर्काकी: भाग-२

कथा  ऊ, आफ्नी तर अर्काकी  भाग-२  हतार हतार उसको नं डायल गरें। पुरै घन्टी जाँदासम्म उसले रिसिभ नगरेपछि एउटी केटी बोल्न थाली 'भ्वाइस मेसेज...'। कि-पेडको रातो बटन थिचेर पुन: २ पटक लगातार हरियो बटन थिचें, पुनः पुरै घन्टी अनि त्यसपछि सोही भ्वाइस मेसेजवाली। आफ्नो fb log out गरेर उसको email id र मेरो नाम अंकित उसको password टाइप गरी log in गर्न खोजें। "You have recently deactivated your account. Do you want to reactivate it? Next/Cancel "; यी दुई options ले एकैछिन रोकिन बाध्य गरायो। उसको मनमर्जी र खुशीले गरेको कुरालाई उसकै स्वतन्त्रता हनन गरी activate गर्न मनले मानेन। विगत ३ वर्षदेखि आफ्नोपन बोकेकी ऊ, अनि करिब ५ वर्षदेखि पहिलो wisher को रुपमा स्थापित म, आज छैटौं वर्षको अन्तिम wisher बन्न खोज्दा पछारिएँ जस्तो लाग्यो। विशाल महासागरबाट जनतन किनार भेट्याउनै लाग्दा पुनः चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षणको फलस्वरूप बीचमै पाएँ सायद आफुलाई। "जन्मदिनको शुभकामना सधैं सुखी, खुशी रहनु..." लेखेर sms गरें।