♥️ माया संसार बन्दछ 💑

लेख
♥️ माया संसार बन्दछ 💑


प्रेम त बच्चाबच्चीको खेल हो अनि जालझेल हो। उनीहरू नै खेलुन्। खेलिरहुन्। कहिले बच्चोले जितोस् कहिले बच्चीले। सके दुइटैले जितुन्। 

हामी त ठूलो-ठूली भयौं। बाबाआमाको नजरमा सानै होलाऊँ तर हाम्रो बच्चाबेलाको हामीभन्दा ठूलो भयौं। ठूलो भएसँगै कहाँँ प्रेम प्रेमै रहन्छ र? यो त माया बन्दछ जानी नजानी। अनि माया नै यसरी मौलाउँछ नि बाँकी सम्पूर्ण जीवन एक-अर्काको एकाउन्टमा भरिदिन मन लाग्छ। प्रेम ⇾ माया यसै बन्दैन। यसले त रहरहरू जन्माउँछ। सपनाहरू जन्माउँछ। एउटै रिमोटले समाचार अनि विज्ञापनको बेला कुमकुम र कसौटीमा change गरिहाल्नुपर्ने Obsession जन्माउँछ। सबेरै alarmले होइन Coffee is ready भन्दै निधारको चुम्बनले
उठाउने ती बिहान जन्माउँछ। अनि "आज मेरो Duty अलिक बेर लाग्छ तिमी छोरीलाई pick गरेर खाजा खुवाऊ अनि बाबा-छोरी खेलेर बस है" भन्ने Inbox जन्माउँछ।

प्रेम ⇾ माया यसै बन्दैन। जब बन्छ नि यसले वैधानिकता खोज्छ। यसले वैवाहिकता खोज्छ। यसले हार्दिकता खोज्छ। अनि सम्झौताहरूमा झुन्डिरहेका सन्तुष्टी खोज्छ। दु:खमा काँध खोज्छ अनि सुखमा अँगालो खोज्छ। जब यी सबै कुरा एउटै मान्छेसँग पूरा हुन्छ लाग्छ नि, तब प्रेम माया बन्दछ। माया संसार बन्दछ। संसार जिन्दगी बन्दछ। 

प्रेम ⇾ माया यसै बन्दैन। जब एक-अर्कालाई बुझिन्छ नि मज्जाले, तब पुरूषमा बाबा खोजिन्छ, महिलामा आमा खोजिन्छ। भेट्टाए जस्तो गरिंदैन भेट्टाइन्छ नै जब, तब सम्झौताका खुकुरीहरूले बनाएका डोबहरू अचाइनोरूपी जिन्दगीमा आफैं टालिन्छन् कुनै दागै नराखी। हर्षको संचार हुन्छ। थरीथरीका बाजा गुञ्जायमान हुन्छन् मनैभरि। यस्तो लाग्दछ - यो मेरो होइन उनको मन हो। साँच्चै 'म'; हो 'म' कहाँँ मेरो रहन्छ र? मबाट को,का,की,रो,रा,री,नो,ना,नी साराका सारा उनको बन्दछ। अनि उनका को,का,की,रो,रा,री,नो,ना,नी मेरो बन्दछ। जिन्दगीभरिलाई। कुनै सम्झौता बिनै। तब; हो, तब प्रेम ⇾ माया बन्दछ। माया संसार बन्दछ। संसार जिन्दगी बन्दछ।         

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?