दशैं

कविता
दशैं
#शुभकामना_शब्दगुच्छा

उमंगका चङ्गाहरु
प्रत्येक नेपालीका छानामाथी
हावाको सिरेटोसँगै
सररर यता उता
हर्षका पुष्पवृष्टि
लौ आँगनमै पो
टुप्लुक्क टुप्लुकिएछ
७४को दशैं

'दशैं' नाम एक
मान्ने अनेक
तरिका अनेक
कतिले दशैं हुल्दैछन्
कतिले चुस्की लाउँदै होलान्
कतिले फाली पनि सके
कतिले गुम्साउँदै छन्
पेटभित्र
कतिले मनभित्र नै

पेटभित्र गुम्साएकाहरु
छाउराछाउरी बोकेर
कुद्छन् बजारतिर
मोलतोल गर्छन्
भित्र्याउँछन् आफ्नै घर
कहिलेकाहीँ त
मन्दिरै धाउँछन्
अल्लि परको
फर्कदा उही बजार
मन्दिरको टिको
टिकै रहँदा
फिर्ता हुन्छन्
दाँत कोट्याउँदै
ङिच्च हाँस्छन्
दशैं अचम्मको।।

मनभित्र गुम्साएकाहरु
परदेशी छोरालाई
धितोमा राखेर
साहुसँगको ऋण
त्यो चर्को ब्याज
भित्र्याई लसुन प्याज
भाटभुट पारी
धोइ पखाली पुराना
भन्दै सुकिलामुकिला
जनतन
छाउराछाउरीलाई
फकाइ फुलाइ
टाँसिदिन्छन् टिका
सिउरीदिएर जमरा
सुवास नाकमा ठोकिन्छ
नाक सुवासमा
दशैंमय सुवास
मानसपटलमा नाच्दछ
पिङको चचहुइ
ती आशीर्वचन
त्यो हर्षोल्लास
आहा र ओहो
हर्षका घोडामा
लौ आँगनमै पो
टुप्लुक्क टुप्लुकिएछ

७४को दशैं।।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?