ऊ, आफ्नी तर अर्काकी: भाग-१

कथा

ऊ, आफ्नी तर अर्काकी
भाग-१

"Lets break up" उसको म्यासेज।
      (मेरो मौनता)
"I don't love uh,
 I don't like uh,
 Bt...bt I need uh most
 n that can't be possible..." पुनः उसकै म्यासेज।
"हँ.. के भो पग्ली?" मेरो रिप्लाई।

ऊ: "केहि भा'छैन..."
म: "अनि किन कराईरा' त??"

ऊ: 'm serious' भने के गर्छौ ?
म: "के गर्नु नि अर्कि लाइनमा छे गर्लफ्रेन्ड बनाउँछु.." (हाँसोमा उडाइदिएँ)

ऊ: "hmm...ok then m seriously telling.. 😢"


म: "ह्या.."
ऊ: "हो भन्या..."
म: "jpt नकराऊ त.."
ऊ: "नपत्याए नपत्याऊ..."
म: "साँच्ची ??"
ऊ: "अनि के त..."
म: "😢 😢"
ऊ: "serious नहोऊ न कुरा मात्र serious गर्ने हो के।"
(मेरो मौनता)

ऊ: "ओए केटा..."
ऊ: "तिमी मलाई बुझ्छौ नि है !!"

मनका तरंग बटुलेर लामो म्यासेज टाइप गरें, पठाउन मन भएन..सबै डिलिट गरेर umm... मात्रै पठाएँ।

"Are uh okay?" उसको म्यासेज।
'No' भनें भने; सोध्न मन लाग्या'थ्यो तर सोधिन। 'Yes' मै टुङ्गाइदिएँ।

आज उसको ब'डे, अनि करिब १० दिन अघिको हाम्रो वार्तालाप। सदाझैं पहिलो wisher बन्नु थिएन मलाई आज। बरु...बरु अन्तिम wisherको रुपमा उसको मगजलाई Poke गर्नु थियो कि म अन्तिम सम्म पनि तिम्रै हुनेछु भनेर।


एउटा मुक्तक, एउटा फोटो अनि शब्दरुपी सदिच्छाका गुच्छासहित ऊ जन्मेको दिनको अस्तित्व मेटिनुभन्दा केही पल अगाडि फेसबुकमा हाजिर भएँ। सबै कुरा म्यासेजमा एट्याच गरेर सेन्ड बटन क्लिक गर्न लाग्दा निलो अक्षरमा अंकित उसको नाम एकाएक कालोमा परिवर्तन भयो अनि... अनि केही क्षणमै उसको नाम 'Facebook User' बन्यो र उसको फोटो मान्छेको आकृति झल्किने Default fb photo...।।
...क्रमश:

भाग-२ को लागि यहाँँ जानुहोस् >>> ऊ, आफ्नी तर अर्काकी: भाग-२ 

Comments

Popular posts from this blog

मुक्तक भलाकुसारी

तछाडमछाड..!!