नयाँँ वर्ष-२०७४

कविता
नयाँँ वर्ष-२०७४

नयाँ यो वर्ष मनमा हर्ष सातमा लौ चार
रङ्गी र चङ्गी साथीभाइ सङ्गी खुशीकै संसार। 
बाजा र गाजा ऋतुका राजा स्वागतमा जुटेका
रमाउँछ मन देखेर वन कपास फुटेका ।।१।।

कोइलीको को-हो जिस्किँदै म-हो हिँड्दछु ढल्केर
क्षितिज पारी हिउँमा लाली हेर न टल्केर। 
लाग्दछ सारा आकाशका तारा चम्केका झलल
उमङ्ग नयाँ कर्णाली यहाँ नारायणी सलल ।।२।।

लतार्दै झोला जे होला होला मुग्लान पसेका
भाँचेर औंला आफ्नो घर जाउँला गनेर बसेका। 
ए! हर्के सिता रामे र गीता सम्झ है गोपाल
रगत पसिना बगाउने अब देश आफ्नै नेपाल।।३।।

स्वास्थ्य र शिक्षा कृषि सुरक्षा भौतिक पूर्वाधार
काका र साला पैसाको माला त्यागेर भ्रष्टाचार। 
नवीन सोच जाँगर जोश जिम्मेवार नेपाली
फुलोस् है छाती शिर उच्च माथी गर्विलो गोर्खाली।।४।।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

रङ्गमञ्च