प्यारीसँग बातचित

मुक्तक
प्यारीसँग बातचित
#प्यारीमा_समर्पित  

: सिल्की कपाल, मृगी आँखा जुधे एउटीसँग,
     कतै टाढा मन र मुटु उडे एउटीसँग,
     ईशारामै बोलाई वर, अचेत भैसकेछु...
     अचम्मकै ज्वरभाटा कुदे एउटीसँग।।

प्यारी: नाम भनन ईशारामा बोलाउँदिन अब,
         तिम्ले जस्तै तिम्लाई सम्झी लोलाउँदिन अब,
         मागे हुन्छ मनमुटुमा फुल फुलेको भए...
         दिउँला सोची, घरीघरी टोलाउँदिन अब।।

: नाम त दिउँला, पछि मेरो थर माग्यौ भने ?
     थरसँगै बडेमानको घर माग्यौ भने ?
     मनमुटुमा सजाउने हो, फुल त बगैंचामा...
     प्यारे भन्दै जीवनभरलाई वर माग्यौ भने ??

प्यारी: थर चाहिन्न, छोरोको बाउ नाम दिए पुुुुग्छ,
         त्यो मुटुमा अलिकति ठाम दिए पुग्छ,
         रहरै-रहरले भरिएको कुनै शहर नखोज...
         चाह अटोस् मेरो सानो गाम दिए पुग्छ।।

: चुपचाप..!!
प्यारी: नाम त भन..।
: अच्युत..!!
प्यारी: अनि थर भन्दैनौं ?
: कुनै दिन माग अनि दिउँला..!!

Comments

Popular posts from this blog

मुक्तक भलाकुसारी

तछाडमछाड..!!