धन्य बाग्मती!

कविता 
धन्य बाग्मती! 

बन्द परेली भित्रबाट
दिमागका पर्खालहरू चहार्दा
तिम्रा
ती तमाम
आकृतिहरू
चश्मा
लगाएका/नलगाएका
कपालमा सिउरिएका
तिम्रा
ती वाचाका
दस्तखतहरू
खै,
अङ्कमाल गर्दा
भिजेका/ भिजाइएका
काँध अनि
निधारमा
विस्तारै गरिएका
चुम्बन,

सबै अस्तु बनेर
अस्ताएछन्
दिमागको एउटो खोलोमा
जसरी
तिम्रो विलय भो
उसरी
मुटु हुँदै मृगौलामा
तिम्रो अस्तु
ए! विराएँ
हाम्रो अस्तु
मृगौलाबाट नाला हुँदै
बाग्मतीले पो स्वीकारेछिन्,
धन्य बाग्मती।

रहरका बिस्कुनहरू
समस्याका पहाडमुनिको
आँगनमा
लामबद्ध सुकाउँदा
सुरुमा
धरहराझैं ठिङ्ग उभिएकी
तिम्रो
त्यो छायाले
ओझेलमा परेका
अन्य बिस्कुनसँग
कुनै गुनासा भएनन्,
तिम्रा
सपनाका ताँती
मेरा
रहरका बिस्कुन छेउ
लामबद्ध रहलान्
सोच्दथें
तिम्रा
हातसँगै
मेरा
हात अनि रहरहरू
समायोजित भएर
मण्डपबाटै
संयुक्त सम्बोधन
खैर,
म'जस्ता
अनेकौं सपनाकारका
सपना
उही
बाग्मतीले पो स्वीकारेछिन्
धन्य बाग्मती।।

Comments

Popular posts from this blog

मुक्तक भलाकुसारी

तछाडमछाड..!!