लेख
मेरा
बाबा
कहिलेकाहीं
त म आफ्नै औंला हेर्छु, कति ठूला भैसकेछन्। बाबाका ठूला औंला समातेर साना गोडाहरू ठूली पृथ्वीमाथि ठम्म उभिएको सम्झन्छु। अनि बिस्तारै ठूला बाटाहरूमा उही साना गोडाहरूले
चालेका साना चालहरू देखेर मेरा बाबा दङ्गिदै आमालाई दङ्गाएको सम्झन्छु। मेरी आमा पनि
त कम थिइनन्। बिहान-बेलुका भित्र बाहिर गर्दा चिरिएका हत्केलाभित्र मेरो सानो मुठी
अटाएर मजत्रै सिसाकलमले गोलो अन्डा र पुलिसको डन्डा भन्दै अक्षर चिनाउँथिन्। म चिनेझैं
गरिदिन्थें। आमा पनि दङ्ग पर्दै मेरा बाबालाई दङ्गाउँथिन्। दङ्गिएका मेरा बाबाले मलाई
जुरुक्कै उचाल्नुहुन्थ्यो। ल आइजा बुई भन्दै डुलाउन लग्नुहुन्थ्यो। म बुईबाट काँधमा
सर्थें। बाबाको काँधमाथि आफ्नो पिठ्युँ राखेर बाबाको कान बटार्दै 'भ्रुम भ्रुम' भन्दा
संसार जितेझैं लाग्थ्यो।
खाना
खाने बेला बाबासँग ताराबाजी खेल्नुपर्थ्यो मलाई। 'मामा आए घोडा' सुन्ने बित्तिकै बाबालाई
घोडा बनाउँथे। आफू राजाजस्तै बाबाको घोडामाथि चढेर आमा छेउ पुर्याउँथे। आमाले एक गास
मुखमा हाल्दिनुहुन्थ्यो। बाबाले सानो स्वरमा आमाको हात नखा है भन्नुहुन्थ्यो। मैले
'खा है' सुन्थें। टोक्दिहाल्थें। आमाले बाबालाई कराउनुहुन्थ्यो। सुत्ने बेला बाबाको
गोडामाथि गएर बस्थें। दुवै हात बाबालाई समाउन लगाउँथे। बाबाले 'ढ्याकुस-कुस' भन्दै
मसँगै गोडा उचाल्नुहुन्थ्यो। फेरि 'कुलेबारी' भन्दै झनै माथि पुर्याउनुहुन्थ्यो। अब
लड्ने पालो। 'ढर्ल्या...ङ्ग' भन्नुहुन्थ्यो। म बेस्सरी समाउँथे। छेउतिर लडाइदिनुहुन्थ्यो,
गर्ल्याम्म।
ठूलो
डन्डीवाला फोनिक्स साइकल आँगनमा देख्नेबित्तिकै चाल पाउँथे, बाबा काममा जाने बेला भयो।
म दौडिदै साइकल छेउ पुग्थें। बाबाले हातको घडी हेर्दै आज ढिला भैसक्यो, भोलिको ईशारा
गर्नुहुन्थ्यो। म घोसेमुन्टो लगाएर बसिरहन्थें। 'गम्छा लेउ त सावित्री' बाबाले यसो
भन्दा मै आफैं दौडेर गम्छा ल्याइपुर्याउँथे। बाबाले पट्टाएर अगाडि डन्डीमा राखिदिनुहुन्थ्यो।
अनि मलाई उचालेर गम्छामाथि। बाबाले साइकल कुदाउनुहुन्थ्यो, मैले घण्टी। एक चक्कर लगाइसकेपछि
घरको आँगनमा आएर साइकल रोकिन्थ्यो। ओर्लने पालो मेरो, अनि गम्छाको। म बाबालाई नहेरी
साइकल छेउ बसिरहन्थें। एक रुपैंयाको पिपलगेडी किन्न पैसा भन्न नसकेर बाबाको छेउमा धेरै
बेर अन्कनाएपछि दुई रुपैंयाको ढ्याक मेरो हातमा राखिदिनुहुन्थ्यो, मेरा बाबाले। लाग्थ्यो,
कसैले यो पृथ्वी तेरो भो भनेर मेरो हातमा सुम्पिदिएको छ।
औंला
ठूला हुँदै गए। मान्छे ठूलो हुँदै गइयो। रहरहरू ठूला बनाइए। बाबाको घोडा चढ्दा पाउने
खुशी वायुपंखी घोडा चढ्दा पनि नपाइने हुँदै गयो। साना साना कुरामा लुकेका ठूला खुशीहरू
साना बन्दै, हराउँदै गए। हराएका त होइनन्। आफ्ना आँखाले नदेख्ने भए। मगजले नभेट्ने
भए। ओठले च्यातिने बाटा साँघुरो बनाउदै गयो। घरीघरी सोच्छु, बाबा अनि आमाको ऋण खै
कसरी पो तिरूँ। निकै बेर घोत्लिएको मनले इच्छा व्यक्त गर्दछ - आमाले चिनाइदिनुभएको,
बाबाले जिताइदिनुभएको संसार; हो त्यही संसार अनि बाबाले दुई रुपैंयासँगै सुम्पिदिनुभएको पृथ्वी; हो त्यही पृथ्वी मसँगै छ भन्ने आभास दिलाउन सकूँ मेरा बाबालाई, मेरी आमालाई।
WowwW ..👌👌👌 मन छुने लेख. Keep it up
ReplyDeleteधेरै धेरै धन्यवाद। हजुरको मायाले ऊर्जा थपिदिएको छ।
DeleteRamro xa.keep it up
ReplyDeleteAmul, Special thanks.. I am blessed.
DeleteSano sano kura lai kati ramro sanga lekhnu hunxa ho 👍👍😍ramro xa yekdum
ReplyDeleteसन्तोषजी, ऊर्जा थपिदिनुभयो। आभार।।
DeleteWow nice sir. Keep it up.
ReplyDeleteThank you Mr. Sujan. Your words mean a lot to me..
DeleteNice combination of typical terms.Thank you...
ReplyDeleteHmm.. Thank you my Reader.. ☺️
Deleteयति धेरै ❤️माया❤️.. साँच्चै ऊर्जा थपिएको आभास गरिरहेको छु।।
ReplyDeleteसम्पूर्ण पाठकवर्गमा विशेष आभार।।
कति राम्रो लेख्नुभएको। मिठो लाग्यो😍😍
ReplyDelete