नमन!!

लेख 
नमन!! 
(गुरूपूर्णिमा विशेष)

गुँडजस्तै गर्भमा ओथारो बस्नै नपाई गोठमा बाँधिएका गाई अनि गरामा गाडिएका बोटबिरुवा स्याहार्दै गाह्रा ती नौ महिना कटाउँदा गहभरिका आँशु नछचल्काइकन मनभरिका खुशीसँग साटेर गोलाकार पृथ्वीमा यो तेरो गोरेटो भन्दै गुड्काइदिएकी मेरी आमा। नमन। 

गोलो टाउकोबाट गालासम्मै पसिना गुडाएर मेरा गिजामाथि गमक्क परेका दाँत हँसाउन गन्जागोल गोरेटोमा इलमको गाडा धकेलेर गोजीमा भरेका गेडीले गाग्रीभरिका आवश्यकता अनि गगनचुम्बी रहरहरू गुन्द्रीमा टुसुक्क बसेर गज्जबैले पूरा गरिदिने मेरा बाबा। नमन। 

ग बाट गमलाको भित्र म जस्तै टुसाहरू राखेर गाइगोडे ग भन्दै गुरूको 'ग' चिनाउने गुरूआमादेखि गणित, गुरुत्व अनि गाह्रा-गाह्रो-गा-रो-ग सिकाएर अनेकौं गोरेटाहरूमा गतिशील बनाइदिने सम्पूर्ण गुरूबा/आमा। नमन।

प्रकृतिले सिकाएकी गति। घर-परिवारले सिकाएको संस्कृति।
गोजीले सिकाएको साथ। अनि सगरमाथाले सिकाएकी माथ। 
गजाबारले सिकाएको गम्भीरता। अनि गल्तीले सिकाएको स्वीकार्यता। 
समस्याले सिकाएका अनुभव। अनि अनुभवले सिकाएका जटिलता। 
नमन!!
सम्पूर्णमा।। 

1 comment: